मटिहानीमा उज्यालो पहल : कक्षा ११ का ५८ छात्रालाई निःशुल्क साइकल वितरण

महोत्तरी टुडे     

महोत्तरी, भदौ १२

 

शिक्षामा पहुँच बढाउन र छात्राहरुको आवतजावत सहज बनाउन मटिहानी नगरपालिकाले कक्षा ११ का ५८ छात्रालाई निःशुल्क साइकल वितरण गरेको छ।

FB_IMG_1756375674889.jpg

श्री राम माध्यमिक विद्यालय, मटिहानीमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख हरिप्रसाद मण्डल र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालको प्रमुख आतिथ्य रहेको थियो।

FB_IMG_1756375683057.jpg

नगरप्रमुख मण्डलले विगत ७ वर्षदेखि नगरपालिकाले साइकल वितरण गर्दै आएको बताउँदै यसले ग्रामीण क्षेत्रका छात्रालाई विद्यालय आवतजावतमा सहज बनाएको र शिक्षामा निरन्तरता दिन टेवा पु¥याएको उल्लेख गरे।

FB_IMG_1756375678669.jpg

कार्यक्रममा प्रहरी उपरीक्षक हेरम्ब शर्मा, वडाध्यक्षहरू, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष पवन साह र अजय कुमार साह, विद्यापीठका प्राचार्य हेम नारायण कर्ण, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति थियो।

FB_IMG_1756375695940.jpg

मटिहानी, सिमरदही, बहुरवा, सुगा, पर्सा पतैली, सिरसिया, धिरापुर र धनुषाका विभिन्न गाउँबाट अध्ययन गर्न आउने विद्यार्थीका लागि साइकल सहयोगले शिक्षा निरन्तरता दिन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।

FB_IMG_1756375687083.jpg

समुदायको उज्यालो अनुहार : शिक्षा र पहुँचमा मटिहानीको उदाहरणीय पहल।

FB_IMG_1756375700780.jpg

FB_IMG_1756375749440.jpgFB_IMG_1756375692335.jpgFB_IMG_1756375745893.jpg