आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाखसम्म तलब दिने प्रधानमन्त्री केपी ओलीको घोषणा

महोत्तरी टुडे     

काठमाडौं,भदौ १२-

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलब दिने बताएका छन्। आज सामाजिक सञ्जालमार्फत् उनले अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्ने उद्देश्यले सरकारले यस्तो व्यवस्था गरेको जानकारी दिएका हुन्।

सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसबाट अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ।’

FB_IMG_1756361038199.jpg

उनले यस्तो व्यवस्थाले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने पनि बताएका छन्। ‘यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ। आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद् कदम हो,’ ओलीले भनेका छन्।