बर्दिबासमा तीज विशेष कार्यक्रम: बालविवाह अन्त्यका लागि युवाको सशक्त अभियान

महोत्तरी टुडे     

बर्दिबास, भाद्र १० – तीजको पावन अवसरमा सामाजिक चेतना जगाउने माध्यमको रूपमा उपयोग गर्दै बर्दिबासमा बालविवाह अन्त्यका लागि विशेष अभियानमूलक कार्यक्रम सम्पन्न भएको छ। Youth for Change को आयोजनामा, Save the Children, Shift, Leo Club of Bardibas र दीपक पार्टी प्यालेस को समन्वय तथा सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

Messenger_creation_CCD07D0C-2FA5-4EC1-B76F-E7A1FDDE6071.jpeg

“नै कर्बै बालविवाह, नै त होतै हमर जीवन तबाह” भन्ने मूल नाराका साथ आयोजित यस अभियानमा बालविवाह विरुद्ध चित्रकला र सन्देश लेखन कार्यक्रम सञ्चालन गरियो। कार्यक्रममा सहभागी व्रतालु महिला, बालबालिका, किशोर–किशोरी र युवाहरूले साडीमा आफ्ना विचार र संदेशहरू लेख्दै बालविवाह न्यूनीकरणमा योगदान पुर्‍याए।

Messenger_creation_04FC1506-8F7B-4583-B1F3-570901176D8A.jpeg

कार्यक्रममा माननीय प्रदेश सांसद शारदा देवी थापा, बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्री, उपमेयर तारा देवी, उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष विष्णु खडका लगायतका जनप्रतिनिधि, युवा अभियन्ता र बुद्धिजीवीहरूको विशेष उपस्थिति थियो। वहाँहरूले पनि साडीमा आफ्ना विचार लेख्दै बालविवाह अन्त्यका लागि दृढ प्रतिबद्धता जनाउनुभयो।

Messenger_creation_9DBE6833-64C6-4D6F-9D09-D7CC7AE9CA2D.jpeg

कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरूले तीज पर्व केवल धार्मिक उत्सव मात्र नभई सामाजिक परिवर्तनको अवसर पनि भएको उल्लेख गर्दै बालविवाह जस्ता हानिकारक प्रथालाई अन्त्य गर्न सबैले मिलेर पहल गर्नुपर्नेमा जोड दिनुभयो।

 

साडीमा लेखिएका सन्देशहरूमा “बालिका दुलही होइन, भविष्य निर्माणकर्ती हुन्”, “बालविवाह अन्त्य हाम्रो साझा जिम्मेवारी”, “शिक्षा नै बालविवाह रोक्ने मूल आधार”, “Say No to Child Marriage”, “Stop Child Early and Forced Marriage” जस्ता सारगर्भित अभिव्यक्तिहरू समावेश थिए।

 

आयोजक Youth for Change का अनुसार, कार्यक्रमले समुदायमा बालविवाहविरुद्धको जनचेतना अभिवृद्धि गर्न र तीजलाई सामाजिक रूपान्तरणको पर्व का रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।