मेयर बालेन साह विरुद्ध काठमाडौंमा कवाड व्यवसायीहरूको प्रदर्शन (तस्बिरसहित)
महोत्तरी टुडे
भाद्र १० २०८२
काठमाडौं ।
कवाड व्यवसायी र सङ्कलक मजदुरहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

भृकुटीमण्डपदेखि कमलादीसम्म र्याली निकाल्दै उनीहरूले मेयर साहविरुद्ध लेखिएका व्यानर बोकेर नाराबाजी गरेका थिए ।

व्यवसायीहरूको आरोपअनुसार, महानगरले विगत दुई वर्षदेखि कवाड व्यवसायी र सङ्कलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गर्दै आएको छ । उनीहरूले महानगरद्वारा गरिएको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले जीविकामाथि खेलवाड नगरिन सरकार र सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
