रामगोपालपुरका वडा अध्यक्ष स्व. मुकेश यादवको पहिलो स्मृति दिवसमा श्रद्धाञ्जली
महोत्तरी टुडे डेस्क रामगोपालपुर– रामगोपालपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष स्व. कमरेड मुकेश यादवको पहिलो स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका सदस्य तथा प्रदेश सभा सदस्य माननीय भरत साह, प्रदेश सभा सदस्य माननीय ललेन्द्र मण्डल, मधेशी मुक्तिका जिल्ला अध्यक्ष विजय कुमार यादव, राजेश यादव लगायत विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थितिमा स्व. यादवलाई स्मरण गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले स्व. यादवले जनताको पक्षमा गरेका अमूल्य योगदान, संघर्ष र त्यागलाई उच्च सम्मानका साथ स्मरण गर्दै उहाँको आदर्श र समर्पण भावनाले सदैव मार्गदर्शन गर्ने बताएका छन्।
स्मृति दिवसमा सहभागिहरूले भनाइ व्यक्त गर्दै भने, “उहाँले जनताको पक्षमा गरेका अमूल्य योगदान, संघर्ष र त्याग सदैव प्रेरणादायी रहिरहनेछ।

