स्याङ्जा समाज अमेरिकाको नयाँ नेतृत्वमा प्रदिप खड्का


महोत्तरी टुडे डेस्क
अगस्ट २३, २०२५ शनिबारका दिन स्याङ्जा समाज अमेरिकाको सातौँ साधारण सभा तथा चौथो अधिवेशन अमेरिकामा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले आगामी दुई वर्ष (२०२५–२०२७) का लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नयाँ कार्यसमितिको नेतृत्व प्रदीप खड्काले गर्ने भएका छन्। साथै, अधिवेशनमा सहभागी सदस्यहरूले संस्थाको विगतका गतिविधि, सफलताका अनुभव र भविष्यको कार्ययोजना प्रस्तुत गर्दै नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएका हुन्।
निर्वाचित कार्यसमिति (२०२५–२०२७):
अध्यक्ष: प्रदिप खड्का
वरिष्ठ उपाध्यक्ष: अमर बिष्ट अधिकारी
उपाध्यक्ष: पं. दिपक बराल
उपाध्यक्ष: डा. दिनेश बराल
महिला उपाध्यक्ष: पुष्पा अधिकारी
महासचिव: विक्रम जङ्गबहादुर के.सी. (रामु)
सचिव: दिपेन्द्र बराल
महिला सचिव: बिपा सिग्देल (मगर)
खेल अध्यक्ष: सौनम गुरुङ
सह–कोषाध्यक्ष: मिलन पुन मगर
युवा तथा खेलकुद संयोजक: सन्तोष घर्ती
महिला युवा तथा खेलकुद संयोजक: प्रतिमा मगर (खत्री)
महिला युवा तथा खेलकुद संयोजक: उर्मिला बस्नेत
सांस्कृतिक संयोजक: मधुर गिरी
सांस्कृतिक संयोजक: सोनिमा थापा मगर
सदस्यहरु:
धर्मराज खड्का, प्रतिमा खड्का, युबिन बी.टी., प्रेम राना, बधुर सुवेदी, ओमप्रकाश गौतम, निलामणी खनाल, निलम आले।
अधिवेशनले निवर्तमान अध्यक्ष दिन दयाल भण्डारी (दिनेश)को नेतृत्वमा सम्पन्न गत कार्यकाललाई सफलतापूर्वक अघि बढाउनुभएको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै नयाँ नेतृत्वलाई आगामी कार्यकालमा समाजलाई अझ सशक्त
र एकताबद्ध बनाउन शुभकामना व्यक्त गरेको छ।