रौतहटमा संकास्पद सुटकेश फेला, भित्र महिलाको शव
महोत्तरी टुडे
भाद्र ८ २०८२
रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति १०:३० बजे संकास्पद सुटकेश फेला परेको छ। प्रहरीले जानकारी दिएको छ कि सुटकेश रस्सीले बाँधिएको अवस्थामा थियो। खोल्दा भित्र महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार महिलाको हत्या गरी शव सुटकेशमा हालिएको हुन सक्ने बताइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान भइरहेको र घटनासम्बन्धी थप विवरण पछि सार्वजनिक गरिने जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
