लुम्बिनी प्रदेशमा हरितालिका तीजको अवसरमा सार्वजनिक विदा
महोत्तरी टुडे
भाद्र ८ २०८२
लुम्बिनी प्रदेश – भदौ १० गते मङ्गलबार का दिन हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार, सरकारी कार्यालय तथा सम्बन्धित सेवा संस्थाहरूले उक्त दिन बन्द रहनेछन्। यस निर्णयले प्रदेशभरिका कर्मचारी, विद्यार्थी र नागरिकलाई तीज पर्व मनाउन सहज वातावरण प्रदान गर्ने अपेक्षा गरिएको
छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
