कतारमा हरितालिका तिजको विशेष सांगीतिक कार्यक्रम–हर्मोसा ब्युटि सेन्टरको आयोजनामा

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार – नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा हर्मोसा ब्युटि सेन्टरले कतारबासी सम्पूर्ण नेपाली दिदीबहिनीहरुलाई विशेष सांगीतिक कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।

 

कार्यक्रम २४ अगस्ट २०२५ (आइतबार) का दिन साँझ ६ बजेबाट राति १२ बजे सम्म अलतिया स्थित फुलबारी रेस्टुरेन्टको सभा हलमा आयोजना हुने छ।

 

यस विशेष तीज कार्यक्रममा चर्चित गायिका टिका पुन र गायिका रोजिना परियारको साङ्गीतिक प्रस्तुति रहनेछ। आयोजकहरुले महिला वा परिवारसहित मात्र प्रवेश गर्न अनुरोध गरेका छन्।

 

कार्यक्रमको आयोजना हर्मोसा ब्युटि सेन्टर, दोहा, कतार द्वारा गरिएको छ।