सितामढ़ीमा गोली प्रहार: मोटरसाइकलमा आएका दुई बदमाशद्वारा मदन कुशवाहाको हत्या
महोत्तरी टुडे
भाद्र ५ २०८२
बिहार सितामढ़ी – सितामढी जिल्लाको डुमरा थाना क्षेत्र पुनः एकपटक गोली काण्डले आतंकित बनेको छ। परोहा निवासी मदन कुशवाहालाई आज बिहीबार राति मोटरसाइकलमा आएका दुई बदमाशले गोली प्रहार गरी हत्या गरेका हुन्। घटना डुमरा थाना अन्तर्गत परसौनी मोड नजिक भएको प्रहरीले जनाएको छ।
गोली लागेर गम्भीर घाइते भएका कुशवाहालाई तत्काल उपचारका लागि सदर अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। घटनापछि सदर अस्पतालमा स्थानीयको भीड लाग्दा वातावरण तनावग्रस्त बनेको थियो।
घटनाबारे जानकारी पाएलगत्तै एसपी र डिएसपी स्वयं अस्पताल पुगेका छन्। प्रारम्भिक अनुसन्धान सुरु भइसकेको र घटनामा संलग्न अपराधीको खोजी तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाले स्थानीयमा त्रास फैलाएको छ भने सुरक्षाप्रति प्रश्न उठाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
