ईलाका प्रहरी कार्यालय गौशाला द्वारा छापामारी, २१ लाख भन्दा बढीको कपडा नियन्त्रणमा
महोत्तरी टुडे
भाद्र ५ २०८२
गौशाला महोत्तरी- महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशाला बजारस्थित एक घरमा लुकाइ राखिएका भन्सार छलीका लत्ताकपडासहित एक व्यक्ति प्रहरी नियन्त्रणमा परेका छन्।
मिति २०८२ भदौ ४ गते राति करिब १० बजे प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक रमेश लामाको कमाण्डमा खटिएको टोलीले कोलकाता, पश्चिम बंगालका ३६ वर्षीय मनोज रायले भाडामा लिएको घरमा छापा मारी कपडाहरु बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद कपडाको मूल्य करिब रु. २१ लाख ५ हजार ६९९ बराबरको छ। बरामद वस्तुमा बच्चा, महिला र पुरुषका विभिन्न किसिमका रेडिमेड कपडाहरु रहेका छन्।
नियन्त्रणमा लिइएका रायलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौशालामा राखिएको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
