कृष्णनगरका मेयर शाह एक्सनमा: जथाभावी फोहोर फाल्नेलाई धमाधम कारबाही

महोत्तरी टुडे     

प्रिन्स मिश्रा, कपिलवस्तु

व्यापारिक केन्द्र कृष्णनगर बजारलाई स्वच्छ र हराभरा बनाउन कृष्णनगर नगरपालिकाले जथाभावी फोहर फाल्नेलाई धमाधम कारबाही गर्न सुरु गरेको छ ।

 

जथाभावी फोहर फाल्ना ले व्यापारिक नगरी कृष्णनगर बजार दुर्गन्धित र कुरुप बनेपछि कृष्णनगर नगरपालिकाले जथाभावी फोहर फाल्ने सर्वसाधारण र व्यापारीलाई कारबाही थालिएको मेयर रजत प्रताप शाहले बताए ।

 

received_778187348488672.jpeg

गत साउन २८ देखि नै जथाभावी फोहर फाल्ने विरुद्ध कारबाही अभियान नै थालिएको नगर प्रमुख शाह ले बताएका छन । नगरपालिका राजस्व शाखा प्रमुख ईश्वरी पौडेलका अनुसार साउन २८ देखि भदौ ४ गतेसम्म ३१ जनालाई कारबाही गरी २६ हजार जरिवाना असुल गरिएको छ ।

 

 

नगरपालिकाको फोहरमैला व्यवस्थापन कार्यविधि २०७५ अनुसार कारबाही गरिएको हो। नगरपालिकाले फोहर सङ्कलनका लागि दैनिक ट्र्याक्टर पठाउने गरेको छ। यस्तै सरसफाइकर्मी समेत परिचालन गरेको छ। तर अटेर गर्दै जथाभावी बाटो नालीमा फाल्ने गरिएकाले त्यस्तो कार्य रोक्न यो अभियान थालिएको मेयर शाहले बताए ।

 

received_1085459360366724.jpeg

सरसफाइको अनुगमन निरीक्षण र कडाइ गर्न बजार क्षेत्रमा ६ जना नगर प्रहरी समेत परिचालन गरिएको शाहले बताए। कार्यविधिअनुसार ५ देखि १५ हजार जरिवाना लिन पाउने प्रावधान रहेको छ।

 

 

तर पहिलो पटकका लागि ५ सय देखि एक हजार जरिवाना तोकिएको छ। फेरि त्यस्तो गरेको पाइए जरिवाना दोब्बर असुल्ने गरी सूचना जारी गरिएको छ। नगरपालिकाले फोहर व्यवस्थापनमा कडाइ गरेपछि अहिले कृष्णनगर बजार सफा देखिएको व्यापारीहरू बताउँछन्।

 

नगरपालिको यो अभियानमा सबैले साथ दिनुपर्ने मेयर शाहको भनाई छ। उता कवाड व्यवसायीलाई समेत आफ्नो मालसामान व्यवस्थित राख्न र फोहर नगर्न नगरपालिकाले सूचना निकालेको छ। 

 

 

आफ्नो मालसामान व्यवस्थित राख्न र फोहर नगर्न नगरपालिकाले सूचना समेत नगरपालिकाले निकालेको छ। कवाड व्यवसायीले सार्वजनिक स्थलमा फोहर गरेको पाइए ५ हजार जरिवाना समेत तिराउने  नगर प्रमुख साहले बताएका छन ।

 

पहिलो चरणमा कृष्णनगर र बहादुरगञ्ज बजारलाई स्वच्छ र हराभरा बनाउन यो अभियान चलाइएको हो। अभियानलाई अन्य सहरी क्षेत्रमा विस्तार गरी लैजाने मेयर शाहले बताए। कृष्णनगर क्षेत्र देशकै प्रमुख १० भन्सार नाकामध्ये एक हो। यस्तै आन्तरिक राजस्व कार्यालय, विद्युत्, खानेपानी लगायतका कार्यालय समेत यहाँ छन् ।