वर्गीकरण नगरेको कारण सोनमा गाउँपालिकाको रजिष्ट्रेशन र किताकाट बन्द, सेवाग्राही सास्ती

महोत्तरी टुडे     

नरेन्द्र महताे- गाैशाला

साेनमा गाउँपालिकाले वर्गीकरण नगरेकाे कारण मालपोत कार्यालय- नापी शाखा कार्यालय गाैशालामा र रजिस्ट्रेशन र किताकाट बन्द रहेकाेमा सेवा ग्राहीहरुहरुलाई सास्ती वेहाेर्नु परेकाे छ ।श्रावण देखि मालपोत र किताकाट बन्द भए पछि  बैंक बाट ऋण लिन, जग्गा खरीद विक्रि, दृष्टि बन्धक लगायत कार्यहरु बन्द रहेकाे जनाईएकाे छ।

 

उता नेपाल सरकारले केही वर्षकाे लागि स्थानीय तहलाई वर्गीकरणकाे लागि समय दिएकाे थियाे तर त्याे समय भित्र साेनमा गाउँपालिकाले बर्गीकरण  गरेर नपठाएको कारण उक्त पालिकाकाे सम्पुर्ण कार्यहरु बन्द भएकाे मालपोत कार्यालय गाैशालाका प्रमुख विष्णु कुमार महतले जानकारी दिए । जब सम्म वर्गीकरण गरेर गाउँपालिका पठाउँदैन तब सम्म कुनै काम गर्न नसकिने महतकाे भनाइ छ। 

 

मलपाेत कार्यालय गाैशाला अन्तर्गतमा गाैशाला  नगरपालिका ,औरही नगरपालिका र सम्सी गाउँपालिका र साेनमा गाउँपालिकाकाे गरि ४ वटा रहेका छन। गाैशाला ,औरही र सम्सी गाउँपालिकाले वर्गीकरण गराएकाे तर साेनमा गाउँपालिकाले वर्गीकरण गरेर नपाठाएकाे कारण उक्त पालिकाकाे मालपोत किताकाट लगायत सवै कार्य बन्द रहेकाे प्रमुखले जनाईएकाे छ।