किरात राई यायोक्खा शाखा कतारको २२औँ स्थापना दिवस – शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार – "भाषा, धर्म, लिपि र संस्कृती हाम्रो पहिचान, किरात राईहरुको एकता हाम्रो अभियान" भन्ने मूल नाराका साथ स्थापना भएको किरात राई यायोक्खा शाखा कतार ले आफ्नो २२औँ स्थापना दिवस भब्य रूपमा मनाउने तयारी गरेको छ।

 

सस्थाले यस अवसरमा "शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम – २०२५" आयोजना गर्दै नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई एकै स्थानमा भेला गर्ने लक्ष्य राखेको छ।

 

कार्यक्रममा किरात तथा गैर-किरात नेपाली दिदीबहिनी, दाजुभाइ, संघ-संस्था प्रमुख, सामाजिक अभियन्ता, साहित्यकार, पत्रकार तथा कलाकारहरुको सहभागिता रहने अपेक्षा गरिएको छ। यसले समुदायभित्र भाषा, धर्म, लिपि, संस्कृति र एकताको महत्वलाई अझ प्रष्ट रूपमा उजागर गर्नेछ।

 

कार्यक्रम विवरण

 

मिति: २९ अगस्त २०२५

 

स्थान: वेलफेयर रेस्टुरेन्ट सभाहल (एशियन टाउन)

 

समय: बिहान ११:०० बजे देखि

 

 

कार्यक्रमको व्यवस्थापनका लागि सुक्र कुमार राई, महासचिव र लक्ष्मी प्रसाद राई, अध्यक्षलाई सम्पर्क गर्न सकिन्छ। (फोन: ३०२१९९७८ / ५५५४१३९३ / ७००७०८६०)

 

सस्थाले सम्पूर्ण नेपाली समुदायलाई सांस्कृतिक आदानप्रदान र सौहार्दपूर्ण भेटघाटका लागि उपस्थित हुन हार्दिक निमन्त्रणा गरेको छ।

 

यो कार्यक्रम दोहा कतारमा बसोबास गर्ने नेपाली समुदायका लागि सांस्कृतिक एकता, पहिचान संरक्षण र समाजिक सद्भाव प्रवर्धनको महत्वपूर्ण मञ्चको रूपमा मानिएको छ।