दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि मुख्यमन्त्री निवासमा आक्रमण गर्ने प्रयास भएको छ।

महोत्तरी टुडे     

नयाँ दिल्ली- दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि एक व्यक्तिले आक्रमण गर्ने प्रयास गरेका छन्। बुधबार बिहान मुख्यमन्त्री गुप्ताको निवासमा सार्वजनिक सुनुवाइका क्रममा आक्रमणको प्रयास भएको हो।

दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले मुख्यमन्त्रीमाथि आक्रमणको प्रयास भएको र ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताए। उनले भने, 'सार्वजनिक सुनुवाइको क्रममा, एकजना मानिस उनीकहाँ आए, उनको अगाडि केही कागजातहरू राखे र त्यसपछि उनको हात समातेर तान्न खोजे। त्यस क्रममा केही धक्का पनि भयो, त्यसपछि उनी पक्राउ परे।'

 

सचदेवाका अनुसार नियन्त्रणमा लिएका आक्रमणकारीमाथि प्रहरीले सोधपुछ गरिरहेको छ। धकेलाधकेला हुँदा मुख्यमन्त्रीको टाउको टेबुलको कुनामा ठोकिन पुग्दा सामान्य चोट लागेको थियो। उनलाई तुरुन्तै अस्पताल लगिएको थियो। कांग्रेसले उक्त घटनाप्रति खेद प्रकट गरेको छ। 

पार्टीका सांसद एम. टागोरले एएनआईलाई भने, 'मुख्यमन्त्रीको सुरक्षा दिल्ली प्रहरीको जिम्मेवारी हो। हामीलाई आशा छ कि दिल्ली प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नेछ।'शिव सेना (यूबीटी) की सांसद प्रियंका चतुर्वेदीले यो घटना अत्यन्तै लज्जास्पद र दुःखद भएको बताइन्। दिल्ली कांग्रेसका अध्यक्ष देवेन्द्र यादवले भने, 'आजको घटनाले दिल्लीमा कोही पनि सुरक्षित छैनन् भन्ने तथ्यलाई उजागर गर्दछ।