उपेन्द्र यादवलाई फसाउने षड्यन्त्रको विरोधमा मधेशमा प्रदर्शन, परमादेश फिर्ता लिन माग

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क मधेश प्रदेश— जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवलाई फसाउने षड्यन्त्र गरिएको भन्दै सोमबार मधेशका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ।

 

पार्टी कार्यकर्ताहरूले राज्यको विभेदकारी नीति र षड्यन्त्रपूर्ण गतिविधिप्रति आक्रोश प्रकट गर्दै तत्काल जारी परमादेश फिर्ता लिन माग गरेका छन्। उनीहरूले लहानसहित मधेशका अन्य जिल्लामा नारा जुलुससहित विरोध प्रदर्शन गरेका हुन्।

 

प्रदर्शनकारीहरूले “उपेन्द्र यादवमाथि गरिएको अन्याय बन्द गर”, “मधेशको आवाज दबाउन पाइँदैन” जस्ता नारासमेत लगाएका थिए। जसपा कार्यकर्ताहरूले मधेशी जनताको अधिकार खोस्ने प्रयास सफल हुन नदिने चेतावनी पनि दिएका छन्।

 

पार्टी नेताहरूले उपेन्द्र यादवलाई फसाउने प्रयास असफल हुने दाबी गर्दै राज्यले मधेशी समुदायमाथि गरेको विभेद अन्त्य गर्न सरकारलाई दबाब सिर्जना गर्ने बताए।