धनुषामा पत्रकारमाथि वकिलद्वारा कुटपिटको विरोध, प्रशासन कार्यालय अगाडि धर्ना
महोत्तरी टुडे
भाद्र १ २०८२
धनुषा — वकिलहरूले पत्रकारमाथि गरेको हातपात तथा कुटपिट प्रकरणमा अहिलेसम्म कुनै कारबाही नभएको विरोधमा पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्।
आज जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पत्रकारहरूले न्यायको माग गर्दै धर्ना दिएका छन्।

आन्दोलनलाई नियन्त्रणमा लिन ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ। पत्रकारहरूले दोषी वकिलहरूमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।
उनहरूले घटनामा संलग्नलाई उन्मुक्ति दिन खोजिए प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुग्ने चेतावनी दिएका छन्।
पत्रकारहरूको धर्नामा विभिन्न जिल्लाका सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको ऐक्यबद्धता पनि देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
