सोनमा गा.पा.–३ रघुनाथपुरमा सडक शिलान्यास, प्रधानमन्त्री ओलीको सहभागिता हुने
महोत्तरी टुडे
श्रावण २८ २०८२
महोत्तरी – सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली यही श्रावण ३० गते महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–३, रघुनाथपुर बजारमा आयोजना हुने सडक शिलान्यास कार्यक्रममा सहभागी हुने भएका छन्।
कार्यक्रमको तयारी अन्तर्गत शिलान्यास स्थल, सभा स्थल र हेलीप्याडको स्थलगत अवलोकन आज मधेश प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय सरोज कुमार यादवले गरेका छन्।
स्थलगत निरीक्षणमा मन्त्री यादवसँगै प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, विभिन्न सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय निकायका पदाधिकारीहरू समेत उपस्थित थिए।
सरकारको पूर्वाधार विकास योजना अन्तर्गत निर्माण हुन लागेको उक्त सडकले स्थानीय आवतजावत र आर्थिक क्रियाकलापमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
