श्रावणको अन्तिम सोमबार टुटेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको भीड
महोत्तरी टुडे
श्रावण २७ २०८२
बर्दिवास महोत्तरी– श्रावण महिनाको अन्तिम सोमबारको अवसरमा बर्दिवास–०५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ। शिवभक्तहरूले पूजा–अर्चना, दुग्धाभिषेक र विभिन्न विधि–विधानसहित भगवान महादेवको आराधना गरेका छन्।
मधेश प्रदेशको महोत्तरी जिल्ला लगायतका स्थानीयसँगै आसपासका गाउँ र सहरबाट आएका भक्तजनहरूले धार्मिक वातावरणलाई उल्लासमय बनाएका थिए। मन्दिर परिसरमा शिव नामको जयघोष गुन्जिएको थियो भने विभिन्न धार्मिक गीत र भजनले वातावरण अझै आध्यात्मिक बनेको थियो।
मन्दिर व्यवस्थापन समितिले दर्शनका लागि आवश्यक व्यवस्था मिलाएको र सुरक्षाकर्मीहरू खटाएर भक्तजनको सहज आवागमन सुनिश्चित गरेको जनाएको छ। धार्मिक विश्वासअनुसार, श्रावण महिनाको सोमबार महादेवको दर्शन तथा पूजाअर्चना गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
