ब्रेकिंग: इजरायली हवाई आक्रमणमा अल जजिरा तथा प्यालेस्टिनीका पत्रकार अनस अल–शरीफ र मोहम्मद कुराइकाको मृत्यु

महोत्तरी टुडे     

गाजा सिटीमा इजरायली आक्रमणका क्रममा अल जजिराका २८ वर्षीय पत्रकार अनस अल–शरीफको मृत्यु भएको छ। अस्पतालका निर्देशकलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ कि अल–शिफा अस्पतालको मुख्य गेट नजिकै पत्रकारहरूको लागि राखिएको टेन्टमाथि भएको आक्रमणमा उनी मारिएका थिए।

 

अल जजिरा मिडिया नेटवर्कले इजरायली सेनाले आफ्ना पत्रकारहरूलाई लक्षित गर्दै भ्रामक आरोप लगाउने अभियान चलाएको भन्दै यस घटनाको कडा विरोध जनाएको छ। यसअघि जुलाईमा इजरायली सेनाका प्रवक्ताले अनस अल–शरीफमाथि हमासको सैन्य शाखासँग सम्बन्ध भएको आरोप लगाएका थिए, जसलाई उनीले खण्डन गरेका थिए।

 

अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि गाजामा २०० भन्दा बढी पत्रकार र मिडिया कर्मीहरू इजरायली आक्रमणमा मारिसकेका छन्, जसमा अल जजिराका केही पत्रकार र उनका आफन्तहरू पनि छन्।