पशुपति आर्यघाटमा चकित पार्ने घटना: जलाउन लागिएको शवबाट मासु र हड्डी निकाल्ने पक्राउ
महोत्तरी टुडे
श्रावण २६ २०८२
काठमाडौं — राजधानीको पशुपति आर्यघाटमा जलाउन राखिएको शवबाट मासु र हड्डी निकाल्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, उक्त व्यक्ति अन्त्येष्टि प्रक्रियामा रहेका बेला चोरीपूर्वक शवको केही भाग निकाल्दै गर्दा स्थानीय र सुरक्षाकर्मीले नियन्त्रणमा लिए। घटनाले श्रद्धाञ्जलिका लागि पुगेका आमजनलाई चकित पारेको थियो।
पक्राउ परेका व्यक्तिलाई विस्तृत अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ। प्रहरीले यसलाई अत्यन्तै अमानवीय र आपराधिक कृत्य मानेको छ र घटनाको पृष्ठभूमि पत्ता लगाउने कार्य जारी छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
