जनकपुरमा रेल र कार ठोक्किएपछि रेल सेवा केही समयका लागि अवरुद्ध
महोत्तरी टुडे
श्रावण २६ २०८२
धनुषा जनकपुर- जनकपुरधाम उपमहानगरपालिका-९, ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल र कार ठोक्किने दुर्घटना भएको छ।
महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेल र बागमती प्रदेश–०१–०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे ‘क्रसिङ एरिया’मा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहका अनुसार दुर्घटनामा कारमा सवार तीन जना सामान्यरूपमा चोटग्रस्त भएका छन् भने कारमा ठूलो क्षति पुगेको छ।
यो घटनाका कारण रेल सेवा केही समयका लागि अवरुद्ध भएको थियो र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
