राष्ट्रिय मुक्ति पार्टी नेपालले केन्द्रीय कार्यसमिति घोषणा, सर्लाहीका हुसैन खान सचिवमा मनोनीत

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क सर्लाही साउन २० — राष्ट्रिय मुक्ति पार्टी नेपालले आफ्नो केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व टुंगो लगाएको छ। सर्लाहीका राजेन्द्र महतोको अध्यक्षतामा बनेको कार्यसमितिमा देशभरका विभिन्न जिल्ला प्रतिनिधित्व हुने गरी पदाधिकारी चयन गरिएको छ।

FB_IMG_1754423134396.jpg

यसै क्रममा सर्लाही जिल्लाका हुसैन खानलाई पार्टीको केन्द्रीय सचिव पदमा मनोनीत गरिएको छ। लामो समयदेखि पार्टीमा सक्रिय रूपमा संलग्न रहँदै आएका खान सामाजिक सेवा र संगठन निर्माणमा परिचित नाम हुन्।

 

पार्टीको केन्द्रिय कार्यालय काठमाडौँमा सम्पन्न बैठकबाट सार्वजनिक गरिएको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा पर्वतकी कमला कुमारी गुरुङ, रामेश्वर राय यादव, सुमन सायमी लगायतको जिम्मेवारी तोकिएको छ। उपाध्यक्षहरूमा सिराहाका करिश कुमार सिंह, धनुषाका डा. राजिव कुमार झा, गोरखाका राजेन्द्र प्रसाद पाठक, र सप्तरीका ओमप्रकाश यादव (गुल्जारी) मनोनीत भएका छन्।

FB_IMG_1754423137436.jpg

महासचिवमा सस्र्तीका केशव कुमार झा, सिन्धुपाल्चोकका विद्मार तामाङ, चितवनका रमेश पोख्रेल, सुनसरीका समलेश कुमार मेहता लगायत रहेका छन्।

 

प्रवक्ताको भूमिकामा काठमाडौँका रवीन्द्र कुमार श्रेष्ठ र महोत्तरीका रमण कुमार पाण्डेयले जिम्मेवारी सम्हाल्नेछन्। साथै कोषाध्यक्षमा काठमाडौँका नरेन्द्र बज्राचार्य रहेका छन्।

 

पार्टीका अनुसार संगठन सुदृढीकरण, राष्ट्रियताको संरक्षण र सामुदायिक समावेशीकरणलाई प्राथमिकतामा राखेर नयाँ नेतृत्व गठन गरिएको हो।

 

हुसैन खानको मनोनयनले मधेशमा संगठन थप सशक्त बन्ने अपेक्षा गरिएको छ। मनोनयन पश्चात हुसैन खानले पार्टीप्रति आभार व्यक्त गर्दै राष्ट्र, समाज र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।