पशुपतिनाथमा भक्तजनको सागर: साउनको तेस्रो सोमबार विशेष पूजाअर्चनामा श्रद्धालुहरूको घुइँचो
महोत्तरी टुडे
श्रावण २० २०८२
काठमाडौं, पशुपति-
साउन महिनाको तेस्रो सोमबारको अवसरमा आज पशुपतिनाथ मन्दिरमा पूजाअर्चना तथा दर्शन गर्न आएका भक्तजनहरूको ठूलो भिड लागेको छ। बिहान सबेरैदेखि नै विभिन्न स्थानहरूबाट आएका श्रद्धालुहरू ‘बोल बम’ का जयघोषसहित लाइनमा बसेर भगवान शिवको दर्शन र जल चढाउँदै पूजा गरिरहेका छन्।

पवित्र साउन महिनामा प्रत्येक सोमबार विशेष शिवपूजाको महत्व रहेको मानिन्छ। विशेषतः आजको दिन काठमाडौं उपत्यका मात्र नभई नेपालका अन्य क्षेत्र र भारतबाट समेत शिवभक्तहरूको उपस्थिति देखिएको छ।
पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर परिसरमा सुरक्षाकर्मी, स्वयंसेवक तथा व्यवस्थापन टोली परिचालन गरिएका छन्, जसले भक्तजनलाई सुव्यवस्थित रुपमा दर्शन गराउन सहयोग पुर्याइरहेका छन्।
"हरेक साउन सोमबार यहाँ आउँछु, तर आजको भिड अलि विशेष लाग्यो," भक्तजन रमेश तिवारीले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया
