एनआरएनए एनसीसी कतारको अध्यक्षमा पदम गिरी निर्विरोध निर्वाचित

महोत्तरी टुडे     

दोहा, कतार – साउन १७, २०८२

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको ११औं राष्ट्रिय अधिवेशन शुक्रबार क्राउन प्लाजाको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनसहित बधाई तथा शुभकामना कार्यक्रम पनि भव्य रूपमा आयोजित भयो।

IMG-20250801-WA0291.jpg

कार्यक्रमको अध्यक्षता आयोजक समितिका संयोजक केशव कार्कीले गरे भने एनआरएनए अध्यक्ष डा. बद्री केसी प्रमुख अतिथि थिए।

IMG-20250801-WA0247.jpg

कार्यक्रममा सम्बोधन गर्दै डा. केसीले कतारमा नेपालीहरूको योगदानको प्रशंसा गरे र एनआरएनएको भूमिकाबारे चर्चा गरे। उनले श्रमिक कल्याण कोषमार्फत जम्मा भएको आठ अर्ब रुपैयाँ श्रमिककै हितमा खर्चिनुपर्नेमा जोड दिए। साथसाथै, एनआरएनए भित्रको द्वन्द्वप्रति टिप्पणी गर्दै उनले विधान विपरीत काम नहोस् भन्नेमा सचेत रहन आग्रह गरे।

IMG-20250801-WA0283.jpg

कतार सरकारका लेबर डिपार्टमेन्ट प्रमुख अलि सलाहा अल खलाफले पनि कार्यक्रममा उपस्थित भई नेपालीहरूको योगदानको प्रशंसा गरे र आगामी दिनमा थप छलफल गर्न इच्छुक रहेको बताए।

IMG-20250801-WA0311.jpg

नयाँ नेतृत्व

 

वैधानिक कारणले एक दिनअघि बिहीबार साँझ प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा पदम गिरी (तनहुँ) सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्।

FB_IMG_1754086258303.jpg

३६ सदस्यीय कार्यसमिति निम्नानुसार गठन गरिएको छ:

 

प्रथम उपाध्यक्ष: रोशन अर्याल

 

द्वितीय उपाध्यक्ष: सुवासबहादुर थापा

 

तृतीय उपाध्यक्ष: लीला राई

 

महिला उपाध्यक्ष: रामकुमारी तामाङ

 

युवा उपाध्यक्ष: टंकबहादुर विक

 

महासचिव: शिव भुजेल

 

सचिवहरू: खेमराज सुबेदी, ईसीलाल पण्डित, शंकरमान राई

 

कोषाध्यक्ष: प्रेम कुमार बस्नेत

 

सह–कोषाध्यक्ष: मो. आजाद मन्सुर

 

महिला संयोजक: अप्सना मिया

 

युवा संयोजक: छमबहादुर चन्द (सुलभ)

 

 

कार्यसमिति सदस्यहरू:

बलराम कौशल, शेख फैयाज, कृष्ण ढकाल, भानुभक्त शर्मा, निराज स्याङ्तान, मानसिंह विक, किरण परियार, दीपेन्द्र गैरे, गुणराज कटुवाल, सुशील गौतम, ईशान रेग्मी, रबिन खत्री, प्रेम प्रकाश शाही, रबिन अधिकारी, सियाराम यादव, अर्जुन कुमार यादव, प्रतिमा शिवा, रमेश महर्जन, युवराज पोखरेल।

IMG-20250801-WA0285.jpg

लेखा समिति:

 

संयोजक: पदमबहादुर रानाभाट

 

सदस्य: साजिद एकवल, हेमराज रिजाल

 

 

आईसीसी सदस्यहरू:

झविन्द्र बेबासले, ईश्वरराज पौडेल, शिव कुमार महतो, मीनराज वाग्ले

 

सदस्यता विवरण

FB_IMG_1754121210230.jpg

अधिवेशनमा MIS प्रणालीमार्फत ४,६०३ जना सदस्य पञ्जीकृत भएका थिए। प्रत्येकले २५ कतारी रियाल तिरेको शुल्कमार्फत रु. ३८ लाख बराबर आम्दानी भएको आयोजक समितिले जनाएको छ।

 

अध्यक्ष गिरीको भनाइ

शपथपछि बोल्दै अध्यक्ष पदम गिरीले कठिन परिस्थितिमा अधिवेशन सम्पन्न गर्नुपरेको बताए। अदालतको फैसलाले एनसीसी दुई धारमा विभाजित भए पनि कार्यगत एकता सम्भव रहेको स्पष्ट पार्दै उनले भने, “विधिको बाटो रोज्न आवश्यक छ र एनसीसी कतारको अस्तित्व मेट्न हुँदैन।”

 

कार्यक्रममा सांगीतिक प्रस्तुति, सम्मान समारोह तथा स्वागत मन्तव्यहरू पनि प्रस्तुत गरिएको थियो।