एनआरएनए एनसीसी कतारको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम सम्पन्न
दोहा, कतार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम वैधानिक बाध्यताका कारण सम्पन्न भएको छ। तनहुँ निवासी पदम गिरीको अध्यक्षतामा सर्वसम्मत चयन भएको ३६ सदस्यीय कार्यसमितिलाई निर्वाचन समितिका संयोजक कमलमणि गुरागाईंले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।
नवगठित कार्यसमितिमा निम्न पदाधिकारीहरू रहेका छन्:
प्रथम उपाध्यक्ष: रोशन अर्याल
द्वितीय उपाध्यक्ष: सुवासबहादुर थापा
तृतीय उपाध्यक्ष: लीला राई
महिला उपाध्यक्ष: रामकुमारी तामाङ
युवा उपाध्यक्ष: टंकबहादुर विक
महासचिव: शिव भुजेल
सचिवहरू: खेमराज सुबेदी, ईसिलाल पण्डित, शंकरमान राई
कोषाध्यक्ष: प्रेम कुमार बस्नेत
सह-कोषाध्यक्ष: मो. आजाद मन्सुर
महिला संयोजक: अप्सना मिया
युवा संयोजक: छम बहादुर चन्द (सुलभ)
कार्यसमिति सदस्यहरूमा बलराम कौशल, शेख फैयाज, कृष्ण ढकाल, भानुभक्त शर्मा, निराज स्याङ्तान, मानसिंह विक, किरण परियार, दीपेन्द्र गैरे, गुणराज कटुवाल, सुशील गौतम, ईशान रेग्मी, रबिन खत्री, प्रेम प्रकाश शाही, रबिन अधिकारी, शियाराम यादव, अर्जुन कुमार यादव, प्रतिमा शिवा, रमेश महर्जन र युवराज पोखरेल रहेका छन्।
लेखा समिति संयोजकमा पदमबहादुर रानाभाट तथा सदस्यद्वयमा साजिद एकवल र हेमराज रिजाल रहेका छन्।
आईसीसी सदस्यहरूमा झविन्द्र बेलबासे, ईश्वरराज पौडेल, शिव कुमार महतो र मीनराज वाग्ले चयन भएका छन्।
अध्यक्ष गिरीको मन्तव्य:
शपथग्रहणपछि बोल्दै अध्यक्ष पदम गिरीले अदालतको फैसलाका कारण कतारमा एनसीसी दुई भागमा विभाजित भएजस्तो देखिए तापनि विधिसम्मत कार्यप्रणाली अपनाउँदै कार्यगत एकता सम्भव रहेको बताएका थिए। उनले एनसीसीको अस्तित्व जोगाउनु आवश्यक रहेको उल्लेख गर्दै कार्यसम्पादनमा एकरूपता ल्याउने प्रतिबद्धता जनाए।
संशोधित विधान प्रस्तुत:
विधान संशोधन समितिका संयोजक तथा पूर्वअध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले संशोधित विधान हलमा प्रस्तुत गरेका थिए। प्रमुख बुँदाहरूमा पञ्जीकृत सदस्यहरूको बहुमतबाट परिषद् भेला रोक्ने, नयाँ मिति तोक्ने, महाधिवेशनलाई “अधिवेशन” लेख्ने, प्रवक्ता पञ्जीकृत सदस्यबाट मनोनीत गर्ने, श्रमिक कल्याणकारी कोषमा सदस्यता शुल्कको २०% छुट्याउने आदि व्यवस्था समावेश गरिएको थियो। प्रस्तुत विधान पारित गरिएको छ।
समापन मन्तव्य:
कार्यक्रमको समापन ११औं राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजक केशव कार्कीले गरेका थिए। उनले आफूहरू वैधानिक प्रक्रियाअनुसार अघि बढेको स्पष्ट गर्दै निर्वाचित कार्यसमितिलाई आत्मविश्वासी रहन आग्रह गरे।
सांगीतिक प्रस्तुति र शुभकामना मन्तव्य:
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा एनआरएनए अभियान्ताहरूले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए। एनसीसीमा देखिएको विवाद समाधानका लागि स्मार्ट एनआरएनमार्फत गठन भएको समिति नै वैधानिक भएको धारणा व्यक्त गरेका थिए।
पञ्जीकृत सदस्य संख्या र आम्दानी:
एमआईएस प्रणालीमार्फत ४,६०३ जनाले पञ्जीकृत सदस्यता लिएका थिए। पञ्जीकृत शुल्क २५ कतारी रियाल कायम गरिएकोमा कुल १,१५,०७५ रियाल (करिब ३८ लाख नेपाली रुपैयाँ) आम्दानी भएको बताइएको छ।
अधिवेशन कार्यक्रम:
११औं राष्ट्रिय अधिवेशन कार्यक्रम आज शुक्रबार (अगस्ट १, २०२५) दोहास्थित क्राउन प्लाजा होटलको सभा हलमा दिउँसो १ बजेबाट सुरु हुँदैछ। अधिवेशनलाई सम्बोधन गर्न एनआरएनएका केन्द्रीय अध्यक्ष बद्री केसी कतार आइपुगेका छन्।
