मो. अजाद मन्सुरद्वारा एनआरएनए कतारको सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा
आशिक हुसैन शेख,दोहा, कतार – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको २०२५–२०२७ कार्यकालका लागि मो. अजाद मन्सुरले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्दै उनले कतारमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, एनआरएन अभियानका अग्रज, सामाजिक अभियन्ता, बुद्धिजीवी, व्यवसायी, परिषद सदस्य तथा पत्रकार मित्रहरूलाई हार्दिक नमस्कार व्यक्त गरेका छन्।
उनले आफ्नो उम्मेदवारीमार्फत एनआरएन अभियानलाई अझ व्यवस्थित र पारदर्शी आर्थिक व्यवस्थापनमा योगदान पुर्याउने उद्देश्य व्यक्त गरेका छन्। साथसाथै, सबैको अमूल्य साथ, समर्थन र सुझावको अपेक्षा पनि व्यक्त गरेका छन्।
उनले भनेका छन्, "गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारबाट सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको जानकारी गराउँदै, आगामी कार्यकालमा तपाईंहरूको साथ र सहयोगले संघको आर्थिक पारदर्शिता र उत्तरदायित्वलाई अझ मजबुत बनाउन प्रतिबद्ध छु।"
