सांसद महतोद्वारा खानेपानी र सिंचाइ समस्या समाधानका लागि मन्त्री यादवसँग औपचारिक प्रस्ताव
नरेन्द्र महतो, गौशाला।
महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य माननीय लक्ष्मी महतोले गौशाला नगरपालिका (वडा नं. १ देखि १२), बर्दिबास नगरपालिका (वडा नं. १ देखि १४) तथा भङगाहा नगरपालिका (वडा नं. ३, ४, ५ र ९) मा शुद्ध तथा दिगो खानेपानी सेवा सुनिश्चित गर्न संघीय खानेपानी मन्त्री प्रदीप यादवसमक्ष औपचारिक प्रस्ताव पेश गरेका छन्।
सांसद महतोले ४ इञ्च र ६ इञ्च व्यासका बोरिङ प्रणाली स्थापना गरी स्थायी समाधान गर्नुपर्ने आवश्यकता औंल्याउँदै खानेपानी मन्त्रालयलाई सामाजिक सञ्जालमार्फत औपचारिक अनुरोध गरेका हुन्। हाल मधेश प्रदेशसहित विभिन्न जिल्लाहरूमा वर्षा नहुनुका कारण एकातिर खानेपानीको चरम अभाव छ भने अर्कातिर समयमै धान रोपाइँ हुन नसकिरहेको छ।
सांसद महतोको प्रस्तावमा खानेपानीका साथै सिंचाइका लागि समेत दीर्घकालीन समाधान आवश्यक भएको उल्लेख गरिएको छ। मन्त्री यादवसमक्ष राखिएको यो प्रस्ताव तत्काल कार्यान्वयनमा ल्याउन स्थानीय जनताको समेत माग रहेको बताइएको छ।
