एनआरएनए एनसीसी कतारको अध्यक्षमा कृष्ण पन्थी निर्विरोध निर्वाचित

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क दोहा, कतार ।

गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको ११औं राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ। सो महाधिवेशनमार्फत कार्यकाल २०२५–२०२७ का लागि कृष्ण पन्थी निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन्।

 

शुक्रबार दोहास्थित क्राउन प्लाजामा आयोजित महाधिवेशन कार्यक्रम संघका तत्कालीन अध्यक्ष रमेश भट्टको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रवक्ता तथा पूर्व अर्थ तथा परराष्ट्रमन्त्री माननीय डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. महतले नेपाली दूतावास कुनै राजनीतिक दलको नभई नेपाल सरकारको प्रतिनिधित्व गर्ने संस्थाका रूपमा कार्य गर्नुपर्ने बताए। उनले एनआरएनएको अधिकृत कार्यक्रममा नेपाली दूतावास कतारको उपस्थिति नहुँदा खेद व्यक्त गर्दै दूतावासलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरे। उनले एनआरएनएमा देखा परेको विभाजनको अन्त्य गरी एकता कायम राख्न विशेष जोड दिएका थिए।

 

महाधिवेशनको अवसरमा विगतका कार्यकालमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

कार्यकाल २०२३–२५ का लागि घोषित पुरस्कारहरूमा:

साहित्य पुरस्कार: श्यामराज रानाभाट

पत्रकारिता पुरस्कार: राम एकवाल राम

स्वास्थ्य तथा खेलकुद पुरस्कार: दिलीप कार्की

तीनै जनालाई जनही १५,०० कतारी रियालसहित सम्मान गरिएको थियो।

त्यस्तै, संघको पूर्व कार्यसमितिमा रहेर योगदान पुर्‍याउने सदस्यहरू, विधान संशोधन समिति, सल्लाहकारहरू, पत्रकार तथा संस्थागत प्रतिनिधिहरूलाई पनि सम्मान गरिएको थियो।

 

संघका कोषाध्यक्ष बुद्ध पाण्डेले १ लाख ३१ हजार ८९५ कतारी रियाल बचत तथा १२ हजार ५७१ रियाल बाँकी रहेको आय–व्यय विवरण प्रस्तुत गरेका थिए। उनले कार्यकाल अवधिमा नेपाल स्थित बचत खाताबाट प्राप्त ब्याजबाट करिब १६ हजार रियाल आम्दानी भएको जानकारी दिए।

महासचिव रविन मगरले कार्य प्रगतिबिवरण प्रस्तुत गरेका थिए। प्रस्तुत दुबै विवरण सर्वसम्मतिले पारित गरिएको थियो।

नव निर्वाचित कार्यसमिति

अध्यक्ष: कृष्ण पन्थी

प्रथम उपाध्यक्ष: रविन मगर

द्वितीय उपाध्यक्ष: सन्तोष पौडेल

तृतीय उपाध्यक्ष: जहागीर आलम

महिला उपाध्यक्ष: टौमाया गुरुङ

युवा उपाध्यक्ष: मेहर सिंह तमाङ

महासचिव: विवेक पुलामी मगर

 

सचिवहरू: बुद्ध पाण्डे, सुजन गुरुङ, अर्जुन सङ्ग्रौला

कोषाध्यक्ष: कविन्द्र कडेल

सह-कोषाध्यक्ष: कान्छा श्रेष्ठ

युवा संयोजक: केशव राज मल्ल

महिला संयोजक: कल्पना पुन मगर

लेखा समिति

संयोजक: रामप्रसाद गौतम

सदस्यहरू: कमल खत्री, अशोक आले मगर

 

निर्वाचित सदस्यहरू

रिता पोखरेल, इन्दिरा शाह, रामचन्द्र गिरी, अमृत विश्वकर्मा, गणेश अधिकारी, राजन चापागाईं, तारा टमाटा, डिल्लीराम भट्टराई, मोहम्मद रफिक राईन, दर्शन सुनार, प्रकाश विक, विश्वनाथ भट्टराई, गोरखबहादुर चन्द ठकुरी, मोहम्मद अनवारुक हक, शेष मोमताज, प्रकाश थापा, सुशील कुमार सुब्बा, कृष्ण भण्डारी, पुष्कर बहादुर साउद।

 

सभापतिबाट धन्यवाद ज्ञापन

कार्यक्रम समापन गर्दै तत्कालीन अध्यक्ष रमेश भट्टले कतारस्थित विभिन्न संघसंस्थाले आफ्नो कार्यकालमा दिएको साथप्रति आभार व्यक्त गरे। साथै, विगतमा संघबाट अलग भएका केही व्यक्ति तथा संस्था पुनः एकताको भावनासहित फर्किने विश्वाससमेत व्यक्त गरे।