जय माँ जानकी समाज सेवा कतारको दोस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा लालबाबु साह चयन

महोत्तरी टुडे     

दोहा, कतार, महोत्तरी टुडे डेस्क 

जय माँ जानकी समाज सेवा कतारको दोस्रो महाधिवेशन शुक्रबार सनैयास्थित लालिगुरास रेस्टुरेन्टको सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम खुला सत्र र बन्द सत्र गरी दुई चरणमा सम्पन्न गरिएको थियो।

 

खुला सत्रमा प्रमुख अतिथि यासमिन नाज (प्रबन्ध निर्देशक, क्युएसटी ट्रेनिङ एण्ड कन्सल्टेन्सी) तथा सभापति ई. उमेश कुमार यादवको अध्यक्षतामा विविध सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान, र सामाजिक विषयमा मन्तव्य प्रस्तुत गरियो।

 

प्रमुख अतिथि यासमिन नाजले वैदेशिक रोजगारीमा नेपाली महिलाहरूले भोग्ने चुनौती, आत्मनिर्भरता, तथा क्षमता विकासका अनुभवहरू साझेदारी गर्दै भनिन्:

 

“मैले सन् २०१३ मा एउटा ट्रेनिङ सेन्टरमा रिसेप्सनिस्टबाट काम सुरु गरेँ, लेखापाल हुँदै सहायक प्रबन्धकको पदमा पुगेँ, र हाल मेरो आफ्नै कम्पनीबाट नेपाली श्रमिकहरूलाई समय–समयमा निःशुल्क सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गर्दै आएकी छु।”

 

 

 

उहाँले बेटा–बेटीबीच समानता हुनुपर्ने र दहेजजस्ता कुप्रथालाई पूर्णरूपमा अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्दै, पुरानो कार्यसमितिका अध्यक्ष ई. उमेश यादव तथा सम्पूर्ण टिमलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई अग्रिम शुभकामना पनि व्यक्त गर्नुभयो।

 

 

नयाँ कार्यसमिति चयन:

 

बन्द सत्रबाट लालबाबु साहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। कार्यसमितिमा निम्न पदाधिकारीहरू रहेका छन्:

 

उपाध्यक्ष: विनोद पासवान, नथुनी साह

 

महासचिव: रामसिकिल यादव

 

सचिव: हंसराम यादव

 

कोषाध्यक्ष: जयनारायण साह

 

सह–कोषाध्यक्ष: रामउदगार यादव

 

 

सल्लाहकारहरू:

 

वरिष्ठ सल्लाहकार: ई. उमेश कुमार यादव

 

सल्लाहकार: चन्द्रविर यादव, कामेश्वर यादव, रामभरोस यादव, जगदिश कापर, सन्तोष दास, महेन्द्र यादव, ब्रह्मदेव मण्डल, रामकरण महतो, निर्भय सिंह, खेसारीलाल यादव, रामएकवाल राम

 

 

मिडिया कोर्डिनेटर:

 

ईन्द्रजित यादव

 

आशिष यादव

 

 

कार्यकारी सदस्यहरू:

राजकुमार यादव, अजय साह, श्रीप्रसाद राउत, राकेश साह, शीतल यादव, विनय कुमार कुशवाहा, सुरज यादव, सरोज यादव, शंकर यादव, भवेश दास

 

अन्य सदस्यहरू:

कुशे मुखिया, लालबाबु मोहम्मद, कुमल राउत, गुगली पासवान, अजय ठाकुर, राकेश महतो, सन्तोष दास, अजय साह, दायाराम साह कलवार, रामकुमार महतो, प्रकाश पौडेल, लक्ष्मी साह, जयकुमार यादव, अरुण कुमार ठाकुर, देवनारायण साह हकुवाई, रामनारायण साह

 

 

कार्यक्रमको सहजीकरण चन्द्रबिर यादवले गरेका थिए। समापन मन्तव्य राख्दै सभापति ई. उमेश यादवले संस्थाको निमन्त्रणालाई स्वीकार गरी उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, सदस्य, शुभेच्छुक तथा आयोजक टोलिप्रति हार्दिक धन्यवाद प्रकट गर्नुभयो।

 

जय माँ जानकी समाज सेवा, कतार द्वारा सामाजिक समानता, सेवाभाव, र संस्कृतिक संरक्षणप्रतिको अभियान निरन्तर अघि बढ्दै जाने प्रतिबद्धता पनि अधिवेशनबाट पुनः व्यक्त गरिएको छ।