महोत्तरी: पत्रकार दिवाकर साहमाथि भएको घटनाबारे मन्त्रीद्वारा निरीक्षण, सीसीटीभी फुटेज समेत संकलन गर्दै

महोत्तरी टुडे     

महोत्तरी- मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय सरोज कुमार यादव ज्यू तथा मन्त्रालयका सचिव श्री संजय साह ज्यूले आज महोत्तरीस्थित पूर्वाधार विकास कार्यालय पुगेर पत्रकार दिवाकर साहमाथि भएको घटनाको विषयमा निरीक्षण गर्नुभएको छ।

 

उहाँहरुले कार्यालयमा उपस्थित कर्मचारीहरूसँग सोधपुछ गर्नुका साथै घटनास्थल आसपासको CCTV क्यामेराको रेकर्ड पनि संकलन गर्नुभएको छ। पत्रकार साहमाथि भएको दुर्व्यवहार तथा क्यामेरा खोसिएको भनिएको घटनालाई गम्भीरताका साथ लिएर मन्त्री ज्यू स्वयं अनुगमनमा खटिनु भएको हो।

 

यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। मन्त्री यादवले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरिने प्रतिबद्धता जनाउनुभएको छ।