सम्सी गाउँपालिका वडा नं. ७ मा श्री जनता माध्यमिक विद्यालयमा बोरिङ जडानका लागि निरीक्षण सम्पन्न
सम्सी, महोत्तरी — प्रदेश सांसद माननीय रज़ी हैदरको विशेष सक्रियता र पहलमा सम्सी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री जनता माध्यमिक विद्यालयमा बोरिङ जडानका लागि निरीक्षण कार्य सम्पन्न गरिएको छ।
उक्त विद्यालय वडा नं. ६ र ७ दुबैका साझा शैक्षिक संस्था भएकाले यहाँ पिउने पानीको अभावले गर्दा शिक्षार्थीहरू तथा विद्यालय प्रशासनलाई दैनिक कठिनाइ भोग्नु परिरहेको थियो। सोही समस्याको समाधानस्वरूप माननीय हैदरले स्वयम् विद्यालय परिसरमा पुगेर बोरिङ जडान स्थलको निरीक्षण गर्नुभएको हो।
निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उपस्थिति उल्लेखनीय रहेको थियो। सबैले माननीय सांसदको यो जनमैत्री पहलको स्वागत गर्दै आभार प्रकट गरेका छन्।
छिट्टै बोरिङ जडानको कार्य थालिने जानकारी दिँदै सांसद हैदरले भन्नुभयो, “शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा पहुँच पुर्याउनु मेरो प्रमुख प्राथमिकता हो। पानीजस्तो जीवनोपयोगी सुविधाबाट कुनै पनि विद्यालय वञ्चित हुनुहुन्न।”
उक्त कार्य सम्पन्न भएपछि विद्यालय क्षेत्रका सयौं विद्यार्थी र शिक्षक लाभान्वित हुने अपेक्षा गरिएको छ।
