नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) का अगुवा नेताहरुलाई दोहामा स्वागत

महोत्तरी टुडे     

दोहा — नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) का श्रद्धेय महासचिव शंकर पोखरेल ज्यू, पोलिटब्युरो सदस्य सुजिता शाक्य ज्यू र केन्द्रीय सदस्य तथा युरोप- अमेरिका इन्चार्ज कमरेड घनश्याम पाण्डेलाई दोहामा भव्य स्वागत गरिएको छ।

 

नेपालबाट आएको यो प्रतिनिधिमण्डलले विदेशमा रहेका पार्टीका शुभेच्छुक र शुभचिन्तकहरूसँग भेटघाट गरी पार्टीको अभियानलाई थप सशक्त बनाउने लक्ष्य राखेका छन्।

 

विभिन्न कार्यक्रम र छलफलहरूमा सहभागी हुने क्रममा उनीहरूले पार्टीको नीतिगत प्राथमिकता र संगठनात्मक गतिविधिहरू बारे जानकारी गराउने अपेक्षा गरिएको छ।

 

दोहामा रहेका नेपाली समुदायले पनि यस स्वागत कार्यक्रममा उत्साहपूर्वक सहभागी भएर एमालेको सक्रियतामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।