सडकमै अनुशासनहीनता : जनपद प्रहरी जवानमाथि ट्राफिक इन्स्पेक्टरको हातपात.

महोत्तरी टुडे
जेठ २ २०८२

काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरी इन्स्पेक्टरले जनपद प्रहरी जवानलाई सार्वजनिक रूपमा चड्कन हानेको भिडियो बाहिरिएपछि प्रहरी प्रशासनले आन्तरिक छानबिन सुरु गरेको छ ।
उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथले घटनाबारे अनुसन्धान अघि बढाएको हो । एसएसपी विनोद घिमिरेका अनुसार भिडियोमा देखिएका इन्स्पेक्टरलाई स्पष्टीकरणका लागि बोलाइएको छ ।
कुटपिटमा संलग्न दुवै प्रहरी अहिले पनि नागढुंगामै कार्यरत छन् । भिडियो हालसालैको देखिए पनि त्यसको मिति पुष्टि भइसकेको छैन । साभारः sudhur khabar
फेसबुकबाट तपाईको प्रतिक्रिया