लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय सदस्यमा धर्मेन्द्र कुमार यादव मनोनीत
महोत्तरी टुडे डेस्क,महोत्तरी, लोकतान्त्रिक पत्रकार संघको संशोधित विधान अनुसार धर्मेन्द्र कुमार यादवलाई संघको केन्द्रीय सदस्य पदमा मनोनीत गरिएको छ ।
संघले एक विज्ञप्ति मार्फत यादवलाई मनोनयन गरिएको जानकारी गराउँदै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माद्वारा जारी गरिएको सन्देशमा देश,मधेश, पत्रकारिता तथा पार्टीको हितमा यादवको योगदान उल्लेखनीय हुने विश्वास व्यक्त गरिएको छ ।
यादव १२ वर्ष देखि सक्रीय रुपमा पत्रकारिता पेशामा लागि अहिले महोत्तरी टुडे अनलाइनका सम्पादक हुन् भने महोत्तरी सञ्चार दैनिक पत्रीका, खबर दर्पन दैनिक दैनिक पत्रीका, वर्तमानकाल दैनिक पत्रीका, बज्जिकाञ्चल दैनिकका संवाददाता तथा जिई खबर अनलाइनमा समेत कार्यरत रहेका छन् । उनी पत्रकारिताको क्षेत्रमा सक्रिय र योगदानशील व्यक्तित्वको रूपमा चिनिन्छन् ।
उनी संघमा आबद्ध भएपछि मधेस प्रदेशमा लाेकतान्त्रिक पत्रकार संघ मजबुत भएकाे छ ।
