मुख्यमन्त्री सतिश कुमार सिंह द्वारा मलंगवास्थित यातायात व्यवस्था कार्यालयको भवन शिलान्यास
महोत्तरी टुडे
बैशाख २९ २०८२
सर्लाही मलंगवा: सर्लाहीको मलंगवास्थित यातायात व्यवस्था कार्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ। सोमबार मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले भवनको शिलान्यास गरेका हुन् ।
आफ्नो भवन नहुँदा यातायात कार्यालय अहिले जिल्ला समन्वय समितिले प्रदान गरेको भवनमा संचालन भइरहेको छ । आफ्नै भवन निर्माणपछि सेवा प्रबाहमा सहज हुने बिश्वास लिईएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
