पाकिस्तानबाट आयातमा भारतले लगायो पूर्ण प्रतिबन्ध लगाएको छ

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क: भारतले पाकिस्तानबाट आयात गरिने सबै सामानमा प्रतिबन्ध लगाएको छ । जम्मू–कश्मीरको पहलगाममा आतंकवादी हमलापछि दुई देशबीच तनाव उत्कर्षमा रहँदा भारतले यो कदम चालेको हो ।

 

पाकिस्तानमा उत्पादित र त्यहाँबाट भारतमा आयात गरिने सामानमा तत्काल प्रतिबन्ध लगाइएको छ । यो विषयमा भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गरेको छ ।

 

गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश पर्यटक थिए ।

 

उक्त आक्रमणपछि भारत र पाकिस्तानले एकार्काविरुद्ध धेरै कदम चालेका छन् । दुई देशबीच तनाव कायमै छ । बीबीसी हिन्दीबाट