महोत्तरी–१, २ र ४ बाट शरत सिंह भण्डारी उम्मेदवार सिफारिस
महोत्तरी टुडे डेस्क-
मधेशवादी दलका वरिष्ठ नेता शरत सिंह भण्डारीको नाम महोत्तरी जिल्लाका प्रतिनिधिसभा क्षेत्र नं. १, २ र ४ बाट उम्मेदवारका लागि सिफारिस गरिएको छ। विभिन्न मितिमा सम्पन्न क्षेत्रीय भेलाहरूमा कार्यकर्ताहरूले एकमतका साथ भण्डारीको नाम अगाडि सारेका हुन्।

कार्यकर्ताहरूले भण्डारीलाई अनुभवी र मधेश आन्दोलनका अग्रणी नेताको रूपमा चिनाउँदै, यसपटक तीन ओटै क्षेत्रबाट चुनाव लड्न आग्रह गरेका छन्। फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै भेलामा भण्डारीको दीर्घ राजनीतिक अनुभव र योगदानको चर्चा गरिएको थियो।
भण्डारी २० औं पटक मन्त्री बनेको कीर्तिमानी रेकर्ड राख्ने नेता हुन्। उनका प्रतिस्पर्धीहरूमध्ये हालसम्म कुनै बलियो उम्मेदवार नदेखिएको कार्यकर्ताहरूको दाबी छ। कार्यकर्ताहरूले महोत्तरी जिल्लाका चारै प्रतिनिधिसभा क्षेत्रमा मधेशवादी दलको विजय सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।
क्षेत्रीय भेलामा सम्बोधन गर्दै भण्डारीले जनताको अधिकार, पहिचान र विकासका सवालमा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै महोत्तरीका चारै क्षेत्रमा मधेशवादी दलको विजय सुनिश्चित हुने दाबी गरेका छन्।
यसैबीच, पौष २ गते सम्पन्न प्रतिनिधिसभा क्षेत्र नं. ४ को क्षेत्रीय भेलाबाट पनि भण्डारीको नाम औपचारिक रूपमा सिफारिस गरिएको छ।
