कतारमा ५औं तेक्वान्दो ओपन च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरूलाई NRNA कतारद्वारा भव्य स्वागत, राष्ट्रिय गौरव र एकताको झिल्को दोहामा
दोहा (कतार) आगामी १४ देखि १७ नोभेम्बर २०२५ सम्म दोहामा आयोजना हुन लागेको ५औं कतार तेक्वान्दो ओपन च्याम्पियनसिप (G-1) मा नेपालको प्रतिनिधित्व गर्न आएका राष्ट्रिय तेक्वान्दो खेलाडीहरू आज दोहा आइपुगेका छन्।
उनीहरूलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतार (NRNA NCC Qatar) का अध्यक्ष कृष्ण पन्थी, वरिष्ठ उपाध्यक्ष सन्तोष पौडेल लगायतका पदाधिकारी र सदस्यहरूले हमाद अन्तर्राष्ट्रिय विमानस्थल (Hamad International Airport) मा फूलमाला, खाँदा,टिका र स्वागत ब्यानरसहित भव्य रूपमा स्वागत गरेका हुन्।
स्वागतमा बोल्दै अध्यक्ष पन्थीले भने, “हाम्रो खेलाडीहरू देशका गौरव हुन्। उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाउँदै विश्वसामु हाम्रो पहिचान झल्काइरहेका छन्।”
त्यसैगरी सन्तोष पौडेलले भने, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार “NRNA कतारले सधैं खेलकुद र राष्ट्रिय गौरवसँग सम्बन्धित गतिविधिलाई समर्थन गर्दै आएको छ। हामी सबै नेपाली समुदायका तर्फबाट खेलाडीहरूलाई सफलता र शुभकामना दिन्छौं।
खेलाडीहरूले पनि कतारमा उत्कृष्ट प्रदर्शनमार्फत नेपालको झण्डा फहराउने दृढ संकल्प व्यक्त गरेका छन्।
स्वागतमा NRNA कतारका अन्य पदाधिकारीहरू, नेपाली समुदायका प्रतिनिधि, खेलप्रेमी तथा विभिन्न संघ–संस्थाका सदस्यहरूको पनि उत्साहजनक सहभागिता रहेको थियो।
यो स्वागतले राष्ट्रिय एकता, सम्मान र कृतज्ञताको भावना प्रकट गरेको छ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार NRNA कतारले खेलाडीहरूलाई आगामी प्रतियोगिताका लागि अग्रिम शुभकामना र सम्मान व्यक्त गरेको छ।
