महोत्तरी जिल्लाको पिपरामा पोखरीमा डुबेर युवकको मृत्यु
महोत्तरी टुडे
श्रावण १६ २०८२
महोत्तरी — महोत्तरीको पिपरा गाउँपालिका–७ बनौलीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ।
स्थानीय ३० वर्षीय मुरारी झा बुधबार साँझ गाउँ नजिकै रहेको दुर्गा मन्दिर छेउको सार्वजनिक पोखरीमा डुबेका थिए।
स्थानीय बासिन्दा सुमन झाका अनुसार डुबेको जानकारी पाएपछि घटनाबारे सुरक्षाकर्मीलाई खबर गरिएको थियो। खबर पाएलगत्तै घटनास्थलमा पुगेको सशस्त्र प्रहरीले गोताखोर टोलीमार्फत खोजतलास गरेको थियो।
खोजीका क्रममा उनको शव पोखरीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
