नेकपा एमाले निकट मुस्लिम इत्तेहादको अध्यक्षमा हारुन र महासचिवमा राजमहम्मद चयन

महोत्तरी टुडे      

महोत्तरी टुडे डेस्क: नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा मोहम्मद हारुन हलुवाई निर्वाचित भएका छन् ।

नेपालगन्जमा सम्पन्न ७ औं महाधिवेशनबाट अध्यक्षमा हलुवाई र महासचिवमा राजमहमद मियाँ निर्वाचित भएका छन् ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलद्वारा उद्घाटित महाधिवेशन ६५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ भने ३४ जनालाई मनोनित गरिने अध्यक्ष हलुवाईले बताए ।

संगठनको उपाध्यक्षमा तैयव अन्सारी, उपाध्यक्ष महिलामा सजिदा सिद्दिकी सर्वसम्मत भएका छन् भने महासचिवको जिम्मेवारी राजमहम्मद मियाँले पाएका छन् । त्यसैगरी उपमहासचिवमा जबुल मियाँ,सचिवमा: संगठन हलिम मियाँ, प्रचार रियासत लिमी, विदेश सुलेमान मियाँ, अर्थ अब्दुल करिम खाँ चयन भएका छन् ।

सातै प्रदेशबाट २५ जना

मधेश र लुम्बिनीबाट ३/३ पुरुष र २/२ महिला गरि जम्म १० जना, बाँकी प्रदेशबाट २ पुरुष, १ महिला गरि १५ जनालाई चयन गरिएको छ ।

त्यसैगरी खुला तर्फ ३१ सिट मध्ये २० पुरुष र ८ महिला सहित २८ जनालाई सर्वसम्मत गरिएको छ । महिलातर्फको ३ जनाको नाम पछि थपिने बताइएको छ ।

महाधिवेशनबाट सर्वसम्मत भएका सदस्यहरुमा रौशन प्रविन, साविर अलि, कलिमुल्लाह अलि, अमिरुल निसा, अब्दुल खाँ, मोहम्मद रफिक, समिना मियाँ, गैंडा खान, मोहम्मद निजामुद्दिन हक रहेका छन् ।

त्यसैगरी रासिदा खातुन, जरिना खातुन, सैयदा खातुन, मुन्नी खातुन, जमिला मियाँ, अफसाना खातुन,

जलिल मियाँ, जाकिर हुसेन हलुवाई सदस्य चयन भएका छन् ।

९९ सदस्यीय कमिटीमा ६५ जना चयन भएको छ भने  ३४ जना पछि मनोनीत गर्ने बताइएको छ ।रासस